काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा तथा सेयर प्रिमियमसमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १३.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।