काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ। 

सुनको भाउ तोला बिहीबार पनि तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलाको ५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।