काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19