काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।
लगातार दुई दिन घटेको सुनको भाउ आज बढेको हो। सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ एकैदिन तोलामा १ हजार ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19