काठमाण्डौ । बेलायतमा महँगी गएको सेप्टेम्बर महिनामा ४० वर्षयताकै उच्च भएको छ।
बुधबार प्रकाशित तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति बढेर हाल १०.१ प्रतिशत पुगेको छ। अगष्टमा मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो।
बेलायतमा हाल खाद्यपदार्थको मूल्य आकासिएको छ। योसँगै मानिस दैनिक जीवनयापन कष्टकर बनेको छ।
मुद्रास्फीति दोहोरो अंकमा पुगेपछि बैंक अफ इंग्ल्यान्डलाई टाउको दुखाइको विषय भएको छ। बैंक अफ इंग्ल्यान्डका गर्भनर एन्ड्रयु बेलीले मुद्रास्फीति बढेसँगै महँगी नियन्त्रण गर्न कडा कदम आवश्यक रहेको बताएका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19