काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ । 
 
बीमा समितिको कात्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ का लागि न्यूनतम रु. ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो। 
 
बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मूल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको बीमाङ्कीय मूल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मका लागि बोनस व्यवस्था गर्नुपर्ने हुन्छ ।
 
महालक्ष्मी लाईफ  इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलोपटक उक्त व्यवस्थासहितको मूल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने विज्ञप्ति जारी गरी बताइएको छ ।
 
बीमा समितिबाट स्वीकृत बोनस यसप्रकार रहेको छः