काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डा अनुमोदन गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा (एजीएम) आज सोमबार सम्पन्न भएको छ।
काठमाण्डौको होटेल र्याडिसनमा आयोजित सभाले सर्वसाधारणका लागि छुट्याइएको रु. ६० करोडबराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो।
सभामा सञ्चालक समितिका अध्यक्ष मनोरञ्जन रमण शर्माबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित भएको छ। सभाल आर्थिक वर्ष २०७५/७६ का वासलात, नाफानोक्सान हिसाब र अन्य वित्तीय विवरण पनि पारित गरेको छ।
वार्षिक प्रतिवेदन पेस गर्दै अध्यक्ष शर्माले कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रमका सम्बन्धमा प्रकाश पारेका थिए।
सभा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टले जीवन बीमा क्षेत्रको अवस्था र समस्याबारेमा जानकारी गराएका थिए।
सभाले संस्थापकका तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमणशर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द्र घिमिराई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19