काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ग्रान्डी इन्टरनेशनल अस्पतालसँग कात्तिक ८ गते सम्झौता गरेको छ। 
 
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट प्राप्त गर्ने छन् ।
 
सम्झौताअनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक वर्ग तथा ग्राहकका परिवारले (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा) उपचार खर्चमा ७.५प्रतिशत छुट पाउने बताइएको छ । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा) अस्पतालको सेवाशुल्कमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
 
देशका ८३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा ग्रान्डी इन्टरनेशनल अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।