काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ ।
संसारको जुनसुकै ठाउँबाट कार्ड सम्बन्धी बैकिङ्ग कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको बैंकको भनाई छ ।
यस कार्डको प्रगोग गरी संसारको जुनसुकै ठाउँमा यात्रा गरिरहेका(भारत बाहेक) यात्रीहरुले सहजै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्नेछन् ।
विदेश भ्रमणका लागि तयारी गरिरहेका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी नेपालबाटै केही रकम साथमा बोकी जानुपर्ने, रकम चोरी हुने, आवश्यक मुद्रा सटही कार्यमा ढिलासुस्ती हुने जस्ता समस्याहरुबाट पूर्ण रुपमा छुटकारा पाउन सक्ने बैंकको दाबी छ ।
बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत आफ्ना ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्घता समेत जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19