काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्दै आएको छ।

यही क्रममा बुधबार  बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग बैंकासुरेन्स सम्झौता गरेको छ । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडका प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकको प्रधान कार्यालय दरबारमार्गमा एक समारोहकाबीच बैंकासुरेन्सको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबीभुक्तानी लगायत सम्पूर्ण जीवनबीमा सेवा प्राप्त गर्न सक्नेछन् ।