काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै फागुन १० गते बैंकको नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।
“सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो ।
कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनासलु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता,सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुकोसहभागिता रहेको थियो ।.सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणमाँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारीव्यक्त गरेका थिए ।
सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२, धनञ्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19