काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरु मार्फत विभिन्न कार्यहरु गर्दै आएको छ । 

यही क्रममा बैंकको बेलौरी तथा धार्के शाखाले गत साता सामाजिक हितका सहयोगात्मक कार्यहरुमा अग्रसर भूमिका निर्वाह गरेको छ । 

बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी कुल रकम रु.२५०००।–(अक्षरेपी रु.पच्चिस हजार मात्र) छात्रवृति स्वरुप प्रदान गरेको छ ।

यसैगरी, बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको 'Food For People' अभियानका लागि कुल रकम रु.२५,०००।–(अक्षरेपी रु.पच्चिस हजार मात्र) आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको उक्त सहयोगबाट करिब ४५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन् ।