काठमाण्डौ । महालक्ष्मीविकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गदैं आइरहेको छ । यसै क्रममा बैंकको महिलवार, लुम्बिनी शाखाले गत मार्च ८, २०१९ का दिन अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी स्थानीय करुणाकन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ का किशोरीहरुका लागि सेनिटरी न्यापकिन भेण्डिङ मसिन जडान गरेको छ ।

सो मेशिनको प्रयोगबाट त्यस विद्यालयका किशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन् । 

यस्तो सुविधाले महिनावारीको समयमा किशोरीहरुले सहजै सरसफाइ कायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्ने आशा गरिएको छ । 

बैंकले यस प्रकारको सामाजिक कार्यले किशोरीहरुको मनोबल वृद्धिमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरेको छ।