काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आईरहेको महालक्ष्मी विकास बैंकको बर्दिया जिल्लास्थित बाँसगढी शाखाले चैत २३ गते शनिवारका दिन वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

बाँसगढी नगरपालिका–४ मटेरियास्थित नमुना आमा समूहका सदस्यहरुका लागि शनिवार उक्त वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बैंकमा बचत गर्नुका फाइदाहरु तथा बैंकिङ्ग सम्बन्धी जानकारी प्रदान गरिएको थियो । 

यसै अवसरमा स्वास्थ्य समूह, बाँसगढी नगरपालिका– ४ को कार्यालय, स्थानीय शिव मन्दिर तथा दुर्गा मन्दिरका लागि डस्टबिन पनि वितरण गरिएको थियो । 

बैंकले आगामीदिनहरुमापनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।