काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले असार २८ गते शनिबारका दिन ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो । 

करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराएका उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको बैंकले जनाएको छ । 

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई  आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।