काठमाण्डौ । महालक्ष्मी विकास बैंकको महाराजगञ्ज र तुलसीपुर शाखाले भदौ ७ गते शनिवारका दिन छुट्टा छुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम गरेका छन् । 

महाराजगञ्ज शाखाले काठमाडौं जिल्लाको काठमाडांै महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेको बैंकले जनाएको छ । सो कार्यक्रमको सोही वडाका अध्इक्ष दीपक केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संयुक्त रुपमा वृक्षारोपण गरी सुरुवात गरेका थिए । 

यस्तै, बैंकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारका दिन नै वृक्षारोपण गरेको छ।

बैंकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका बिरुवा वृक्षारोपण गरेका बताइएको छ ।