काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग भदो १० गते एक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । 

बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत, रेडियसन थेरापी र बीच थेरापीमा ५ प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।