काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले बुधबारदेखि पोखराको नयाँबजार नयाँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ ।
बैंकिङ सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तारलाई बैंकले तीव्रता दिँदै आएको छ । यही क्रममा पोखराको नयाँबजारमा शाखा सञ्चालनमा आएपछि बैंकको शाखा कार्यालयको संख्या एक सय पुगेको छ ।
बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तार गर्दै करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago