काठमाण्डौ । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ ।

बैंकले यस कर्जायोजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको अधिकतम ९०% सम्म कर्जा प्रवाह गर्नेछ भने घर खरिदमा अधिकतम ७०% सम्म कर्जा लगानी गर्ने छ ।

कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट, घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना बीमाजस्ता आकर्षक सुविधाहरु बैकले प्रदान गर्नेछ । बजारमा हुनसक्ने उतारचढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यस योजनाअन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत रहन पनि सक्ने व्यवस्था छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । 

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकका ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।