काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ ।
उक्त उपकरण गत शुक्रबार अस्पतालको ८६ औं वार्षिकोत्सव समारोहका बीच प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरे । अस्पतालमा उपचारार्थ आउने बिरामी तथा बिरामी कुरुवालाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्यूनीकरण गर्ने उद्देश्यसहित बैंकले यो उपकरण जडान गरेको हो।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19