काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ।
चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित तालिममा देशै भरिबाट १७ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए।
जीवन बीमाको आधारभूत विषयहरुलगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा तालिम प्रदान गरिएको थियो।
प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत द्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धक द्धय सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपनेले तालिम प्रदान गर्नु भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago