काठमाण्डौ । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले हालै महिन्द्रा टु ह्वीलर केयर क्लव अन्तर्गत विशेष सुविधा एवम् छुटको व्यवस्था मिलाएको छ।

यो सुविधा माघ १७ गतेदेखि सुचारु गरिएको छ । साथै, यस अवसरमा माघ १७ गतेदेखि माघ १९ गतेसम्म ३ दिनका लागि काठमाडौँ, सामाखुसीको सर्भिस सेन्टरमा फ्रि सर्भिसिङ्गको साथै एक्सचेञ्ज क्याम्पको व्यवस्था पनि मिलाइएको बताइएको छ ।  

आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको गुणस्तरीय एवं जिम्मेवार सेवा प्रदान गर्ने लक्ष्यसहित अग्नि मोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो ।

यस क्लबमा आवद्ध भएपछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्नेछन् । यसका अतिरिक्त जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्नेछन् । 

साथै सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित बस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको छ । अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट रु.१२०० (भ्याट सहित) तिरी यो विशेष सदस्यता लिन सकिन्छ ।