काठमाण्डौ । महिन्द्रा एन्ड महिन्द्रा (एम एन्ड एम) इलेक्ट्रिक भेइकल सेग्मेन्टमा आक्रामक विस्तार गर्ने योजना बनाइरहेको छ । कम्पनीले नयाँ इलेक्ट्रिक भेइकलको सिरिज नै लन्च गर्ने तयारी गरिरहेको जनाएको छ । जसअनुसार कम्पनीइले आगामी साढे २ वर्षभित्र कम्तीमा पनि ३/४ वटा इलेक्ट्रिक कार बजारमा ल्याउने छ ।
महिन्द्रा एन्ड महिन्द्राका चेयरम्यान आनन्द महिन्द्राले कम्पनीको ७३ औँ वार्षिक साधारणसभामा अटो इन्डस्ट्रीमा ठूलो बदलाव भइरहेको र यो समय त्यही बदलावको लाभ लिने क्षण रहेको बताएका थिए । उनले भनेका थिए, ‘ई–भेइकल चलाउन जुन लक्ष्य रहेको छ, त्यो लक्ष्य हासिल पाउन कम्पनी योग्य रहेको र भारतमा ई–भेइकलको केन्द्र बन्ने क्षमता पनि यो कम्पनीमा छ । म भारतलाई ई–भेइकलको ग्लोबल हब बनाउने लक्ष्यको प्राप्ति देखिरहेको छु ।’
आनन्द महिन्द्राले महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले आगामी तीन वर्षभित्र कुल १८ हजार करोड रुपैयाँ यो योजनामा लगानी गर्ने जानकारी दिए।
यसपालिको बजेटमा भारत सरकारले इलेक्ट्रिक भेइकलका लागि भारी छुटको घोषणा गरेको छ । यस्ता गाडीमा जीएसटीको दर १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ ।
यसका साथै यदि कसैले इलेक्ट्रिक भेइकल किन्ने सोच बनाएका छन् भने उनीहरुले ब्याजको राशिमा आयकर छुट पाउनेछन् । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19