काठमाण्डौ । मकवानपुरमा मुख्य कार्यालय रहेको महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ९१ लाख रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले ७२ लाख बढी संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको देखिएको छ ।

यो माइक्रोफाइनान्स कम्पनीले १ करोडमा सीमित संचालन नाफालाई केही बढाई १ करोड ६ लाखको उचाई चुमाएको छ भने ४ करोड ५६ लाखमा सीमित खूद ब्याज आम्दानी बढाई ५ करोड ५२ लाखको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा महिला सहयात्राले १५ करोड ४६ लाख निक्षेप संकलन गरी तथा ५५ करोड २१ लाख सापटी लिई ८० करोड ९९ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७ करोड ४० लाख निक्षेप संकलन गरी तथा ४० करोड ९६ लाख सापटी लिई ४७ करोड १९ लाख बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म १ करोड ५१ लाख रहेको जगेडाकोषको आकार बढाई २ करोड ८ लाखको उचाईमा पुर्याएको छ । 

महिला सहयात्राले अघिल्लो वर्ष २.७१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.३४ प्रतिशतमा झारेको छ भने ६.९८  प्रतिशतमा सीमित कस्ट अफ बढेर ९.२० प्रतिशत पुगेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७५.४८ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७८१ रुपैयाँ कायम भएको छ ।