काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।
संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही जेठ २५ गते डाकेको हो। सभा धादिङको धादिङबेसीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सोही सभाले प्राप्ति प्रयोजनका लागि डीडीए तथा आपसी सहमतिका आधारमा निर्धारण गरिएको १००ः६८ सेयर स्वाप रेसिङ पनि पारित गर्नेछ। यसको अर्थ महिला सहयात्राको १०० कित्ता सेयर नेशनल माइक्रोफाइनान्समा विलय भएपछि ६८ कित्ता कायम हुनेछ।
प्राप्तिपश्चात संस्थाको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गरिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
विशेष साधारणसभा प्रयोजनका लागि संस्थाले यही जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19