काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।
संस्था सञ्चालक समितिको सोमबार (पुस २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७५ लाख रुपैयाँ कुल ५० प्रतिशतले हुन आउने ७ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ४७.५ प्रतिशतले हुन आउने ७ करोड ६२ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशतले हुन आउने ३६ लाख ८७ हजार ५०० रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago