काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडले सेयरधनीका लागि घोषणा गरेको डबल अफर पारितका लागि साधारणसभा आह्वान गरेको छ ।

यो कम्पनीले २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांशको पूर्व घोषणालाई पारित गर्नका लागि आगामी असार २१ गते चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

यो कम्पनीको सप्तरीस्थित मुख्य कार्यालयमा वार्षिक साधारणसभा आयोजना हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

यो कम्पनीले हालै आइपीओ जारी गरेको थियो । आइपीओपछि चुक्तापुँजी ६ करोड रुपैयाँ पुगेको छ । २५ प्रतिशत बोनस सेयरको पुँजीकरणपछि चुक्तापुँजी ७ करोड ५० लाखको उचाईमा पुग्नेछ।