काठमाण्डौ । नवकिरण लघुवित्तलाई गाभ्ने प्रक्रियालाई टुंग्याउन महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभाको मिति टुंगा लगाएको छ।
संस्थाले आगामी भदौ ९ गते मंगलबार सप्तरीको महुलीस्थित केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो। सभामा दुवै संस्था आपसमा गाभिनेसम्बन्धमा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत हुने प्रतिवेदन पारित हुनेछ।
सभामा आपसमा गाभ्ने गाभिने कार्यका लागि संस्थाको सम्पत्ति दायित्व र कारोबार मूल्यांकन प्रतिवेदन (डीडीए) समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप रेसियो छलफल गरी पारित हुनेछ। यो प्रक्रियाका सम्बन्धमा सम्पन्न समझदारीपत्र तथा निर्णयहरुलाई सभाले अनुमोदन तथा अन्तिम स्वीकृति प्रदान गर्नेछ।
आपसमा गाभिएपछि संस्थाको संस्थापक तथा सर्वसाधारण सेयरको स्वामित्व प्रतिशत फेरबदल हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले दुवै संस्था आपसमा गाभिएपछि कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा परिणत हुने प्रस्ताव पनि पारित गर्नेछ।
विशेष साधारणसभा प्रयोजनका लागि संस्थाले यही साउन ३२ गते (आइतबार) देखि भदौ ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ३१ गते शनिबार परेकाले साउन ३० गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र मतदानका लागि योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19