काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको अग्निसाइर कृष्णासवरण–६ महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २६ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदनहरु पनि पारित गर्नेछ।

सभाले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

उपयुक्त देखिएका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।