काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको सोमबार (पुस २५ गते) बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ४२ हजार ३६० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ३३ हजार ८८८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४१ लाख ८ हजार ४७२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago