काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश घटाएको छ।
संस्थाको मंगलबार (चैत १४ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। यो लाभांश यसअघि प्रस्तावित लाभांशभन्दा १० प्रतिशत कम हो।
यसअघि गत पुस २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापुँजी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) थिए।
संस्थाले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले चैत १० गते पत्र पठाउँदै चुक्तापुँजीको अधिकतम १५ प्रतिशतमात्रै लाभांश वितरण गर्न संस्थालाई निर्देशन दिएको थियो।
सोही निर्देशनबमोजिम संस्थाले लाभांश घटाएको हो। अब प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19