काठमाण्डौ । महुली लघुवित्तको १० औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को १५ प्रतिशत लाभांश अनुमोदन भएको छ। 

सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनापाmबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्। 

सभा बोनस सेयरलाई जारी पूँजी तथा चुक्ता पुँजी वृद्घि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, प्रिमियममा एफपीओ सेयर निष्काशन गर्ने, वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु छलफल गर िपारित गरेको छ। 

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले वर्तमान समयमा देखिएको चुनौतीहरुले केही असहज वतावरण सिर्जना भए पनि आगामी दिनहरुमा संस्थाको व्यवस्थापन समुह तथा कर्मचारीहरुको सहयोगमा वित्तीय साक्षरता, वित्तीय पहुँच, उद्यमशीलता विकास, सीपमूलक तालिमजस्ता कार्यक्रमलाई निरन्तरता दिँदै संस्थाको कार्यक्रमलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।