काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमीटेडले खेलकुद विधाअन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५० औं एसियन च्याम्पियन सीप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल महेश्वर महर्जनलाई सम्मान गरेको छ ।
खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्वेश्यले २०७४ चैत ७ गते एक समारोह गरी बैंकले महेश्वर महर्जनलाई सम्मान स्वरुप २ लाख रुपैयाँ प्रदान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19