काठमाण्डौ । कोरोना संकटबीच विश्व बजारमा तेलको माग बढ्ने आशाका कारण शुक्रबार कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। यसका साथै अघिल्लो दिनको तुलनामा तेल कम्पनीहरुले बढी नाफा आर्जन गरेका छन्।
अमेरिकाको यूएस वेस्ट टेक्सस इन्टरमिडियट क्रुड (डब्ल्यूटीआई) फ्युचर्सले ४२ सेन्ट अर्थात १.१ प्रतिशत आर्जन गरेको छ। ब्रेन्ट क्रुड फ्युचर्समा पनि १.१ प्रतिशतको वृद्धि देखिएको छ।
सेटेलाइट डेटाका अनुसार चीन, युरोप र अमेरिकाका राज्यहरुमा सवारीसाधनहरुको चाप बढेको देखिएकाले तेलको मागमा बलियो पुनरागमन देखिएको विश्लेषकहरुले बताएका छन्। चीनको सांघाईमा गत केही सातादेखि गत वर्षको सोही अवधिको तुलनामा सवारी चापमा वृद्धि देखिएको छ। त्यस्तै रुसको राजधानी मस्कोको ट्राफिक पनि गत वर्षको स्तरमा पुगेको छ।
यद्यपि अमेरिकाका दक्षिणी राज्यहरुमा कोरोना संक्रमणको घटना वृद्धि हुन सक्ने भयका कारण अमेरिकामा तेलको मागको पुनरुत्थानमा रोक लाग्न सक्ने देखिएको छ। दक्षिणी केही राज्यहरु फ्लोरिडा, टेक्ससलगायतमा ग्यासोलिनका सबैभन्दा धेरै उपभोक्ता छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago