काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर बढाएनन्।
अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आज माघ महिनाका लागि निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले माघमा पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
वाणिज्य बैंकहरुले मुद्दति निक्षेपतर्फ ३ महिनाभन्दा बढी समायावधिका लागि व्यक्तिगतमा अधिकतम १०.०५ प्रतिशत र संस्थागतमा ९.०५ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन्।
यसैगरी विकास बैंकहरुले पनि मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा अधिकतम १०.३५ प्रतिशत र संस्थागतमा ९.३५ प्रतिशत ब्याजदर नै कायम गरेका छन्। फाइनान्सहरुले मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा अधिकतम १०.६५ प्रतिशत र संस्थागतमा ९.६५ प्रतिशत ब्याजदर नै निर्धारण गरेका छन्।
ब्याजदर बढाएर पनि निक्षेप नबढ्ने र लागत बढ्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरुले माघमा पनि ब्याजदर नबढाएका हुन्। यसअघि पुसमा पनि बैंक तथा वित्तीय संस्थाहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका थिए।
गत असोज र कात्तिकमा भने बैंक तथा वित्तीय संस्थाहरुले १० प्रतिशतका दरले ब्याजदर बढाएका थिए।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago