काठमाण्डौ । माछापुच्छे बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २१ करोड वितरणयोग्य नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३० करोड बढी यस्तो नाफा आर्जन गरेको थियो । 

बैंकको खूद नाफा समेत घटेको छ । अघिल्लो वर्ष १ अर्ब ३९ करोड रुपैयाँ रहेको खूद नाफा घटेर १ अर्ब २९ करोडमा सीमित भएको हो । 

समीक्षा अवधिमा बैंकले संचालन नाफामा सामान्य प्रगति गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८६ करोड रहेको यस्तो नाफा केही बढी १ अर्ब ८७ करोडको उचाईमा पुगेको छ । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी २ अर्ब ४३ करोडबाट बढी २ अर्ब ७३ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरी ६५ अर्ब ८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले १ अर्ब ८५ करोडमा सीमित जगेडाकोषमा करिब ४७ प्रतिशतले फड्को मारी २ अर्ब ७२ करोडको उचाई चुमाएको छ ।

बैंकको खराब कर्जा भने स्थिर रहेको छ । अघिल्लो वर्षको झै यो वर्ष पनि बैंकमा खराब कर्जाको अनुपात ०.३८ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी  १६.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.८४ रुपैयाँ कायम भएको छ ।