काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

मंसिर ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बैंकले यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ । बैंकले ८० करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्न चाहेको हो ।