काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले मातातीर्थ औंशीको अवसरमा विद्युतीय भुक्तानीहरुमा क्यास ब्याकको योजना सार्वजनिक गरेको छ । 

बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बंैकिङ्गमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा  अधिकतम रु. १००० सम्मको क्यासब्याक पाउने अफर सार्वजनिक भएको हो । 

अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट सिस्टमबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम रु. १००० सम्मको  क्यास ब्याक वा पसबाट भुक्तानी गर्दा पनि १० प्रतिशत  वा उच्चतम रु. ५०० सम्मको क्यास ब्याक पाइने बैंकले प्रष्ट पारेको छ । 

यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन(बैशाख २१ गते)का लागि मात्र लागू हुनेछ। 

यो बैंकको देशभर २८२ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवम् २५ वटा शाखारहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ। बैंकका हाल करिब १६ लाख ग्राहक छन् ।