काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ। 

कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख कित्ता गरी कुल १ करोड सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज दिएको छ। कम्पनीको सेयर कारोबार एमएमकेजेएल स्टक संकेतमा हुनेछ।

कम्पनीको सेयर कारोबार तिहार पछिको पहिलो कारोबार दिन स्पेशल प्रि ओपन सेसनपछि हुने छ । कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ।