काठमाण्डौ । प्राविधिक समस्या देखिएपछि मारुती सुजुकीले इको र एस–प्रेसो कार बजारबाट फिर्ता मगाएको छ। 

कम्पनीले सन् २०२१ जुलाई ५ देखि र २०२३ फेब्रुअरी १५ ससम्म उत्पादित इको र एस–प्रेसो कारहरु फिर्ता मगाएको छ। कम्पनीले ८७ हजार ५९९ युनिट कार फिर्ता मगाएको छ। 

यी दुवै कारलाई भरतभरका सर्भिस सेन्टरबाट फिर्ता बोलाएर मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ। ती कारको स्टेयरिङ टाई रडमा सम्भावित खराबीको आशंका कम्पनीले गरेको छ। 

यस्तो अवस्थामा कम्पनीले यी सवारीसाधनका मालिकलाई बोलाएर आफ्नो सवारीसाधनको निरीक्षण गरी पार्टपुर्जा बदल्न कुनै अतिरिक्त शुल्क नलिइने जनाएको छ। –एजेन्सी