काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडको डिजायर कार सन् २०१९ को ८ महिनामा सबैभन्दा धेरै बिक्ने कार बन्न सफल भएको छ ।
यो वर्ष अप्रिलदेखि नोभम्बरसम्म डिजायर कार करिब १ लाख २० हजार युनिट बिक्री भएको कम्पनीले जनाएको छ । यो कार अन्य कारको तुलनामा इन्धन खपतमा राम्रो मानिएको छ ।
राम्रो सुरक्षा सुविधालाई ध्यान राखेको निर्माण गरिएको यो कार हालसम्म २० लाख युनिट भइसकेको छ । जुन अन्य कारको तुलनामा निकै धेरै हो ।
कम्पनीको बिक्री भागका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले डिजायर कारलाई ग्राहकले निकै मन पराएको खुसी व्यक्त गरे । उनका अनुसार कार खरिदका लागि आउने ७० प्रतिशत ग्राहकको रोजाइ डिजायर कार हुने गरेको छ ।
अझै पहिलोपटक कार किन्न आउने ५० प्रतिशतको पहिलो रोजाइ पनि यही कार हुने गरेको श्रीवास्तवको भनाइ छ । ग्राहकको पहिलो रोजाइ बनेकै कारण डिजायर कार सबैभन्दा धेरै बिक्ने कार बन्न सफल भएको उनले सुनाए ।
भारतीय बजारमा करिब १० वर्षपहिले यो कारको इन्ट्री भएको थियो । यो कारको स्टाइल, बेजोड इन्टिरियर, सुपिरिएर र आधुनिक खालको सुरक्षा सुविधाले भरिपूर्ण छ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19