काठमाण्डौ। मारुती सुजुकीले भारतमा आफ्नो नयाँ सेडान कार डिजायर फेसलिफ्ट लन्च गरेको छ।
यो कारको सुरुआती मूल्य भारु ५.८९ तोकिएको छ। कम्पनीको दाबी छ कि यो कार एमटी भेरियन्टमा २३.३६ किलोमिटर प्रतिलिटर र एजीएस भेरियन्टमा २४.१२ किलोमिटर प्रतिलिटरको माइलेज दिनेछ।
यो कारमा लेटेस्ट के–सिरिज ड्युल जेट इन्जिका साथै थुप्रै नयाँ फिचर्स दिइएको छ। यसमा क्रुज कन्ट्रोल दिइएको छ, जुन लग्जरी कारमा मात्र देख्न पाइन्छ। साथै यो कारको क्याबिनमा डिजाइनमा थुप्रै परिवर्तन गरिएको छ।
यो कारको लोअर बम्परमा प्रिमियम सिंगल अपर्चर फ्रन्ट ग्रिल, क्रुज कन्ट्रोेल, अटो फोल्डेबल ओआरवीएम, १०.६७ सीएम मल्टी इन्फोर्मेसन कलर्ड टीएफटी डिप्ले, १७.७८ सएिम स्मार्टप्ले स्टुडियो टच इन्फोटेनमेन्ट सिस्टम पनि दिइएको छ।
एजीएस भेरियन्टमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल–होल्ड फङ्सन दिइएको छ।
नयाँ डिजायरमा नेक्सड जनरेसन के–सिरिज डुअल जेड, डुअल भीभीटी १.२ लिटर, ४ सिलिन्डर बीएस सिक्स इन्जिन दिइएको छ। जसले ८२बीएचपीको पावर र ११३एनएमको टार्क जेनरेट गर्न सक्छ।
यो कारमा ५ स्पिड म्यानुअल वा अटोमेटिक गिरयरबक्सको विकल्प दिइएको छ। नयाँ इन्जिनको एन्ट्रीका साथै यो कारमा प्रयोग गर्दा फिएट १.३ लिटर डिजेल इन्जि बन्द हुनेछ।
नयाँ डिजायर कार म्यानुअल र अटोमेटिक गियर सिफ्ट दुवै भेरियन्टमा उपलब्ध हुनेछ। बेस भेरियन्ट एलएक्सआई अटोमेटिक गियरबक्सका साथ आउनेछ। बाँकी भेरियन्टमा अटोमेटिक गियरबक्स उपलब्ध हुनेछ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19