काठमाण्डौ । मारुती सुुजुुकीले आफ्नो चर्चित ह्याचब्याक स्विफ्टको पावरफुुल मोडल ल्याउने तयारी गरेको छ। 

रिपोर्टका अनुुसार कम्पनीले स्विफ्टको फेसलिफ्ट ल्याउन सक्नेछ। यो नयाँ कारको स्टाइलिङमा केही परिवर्तन गरिनुुका साथै ज्यादा पावरफुल पेट्रोल इन्जिनसमेत दिइनेछ। यो इन्जिनले मौजुदा मोडलमा रहेको ८३ पीएस पावरवाला १.२ लिटर के१२बी पेट्रोल इन्जिनलाई रिप्लेस गर्नेछ। जब कि कम्पनीले १.३ लिटर डीडीआईएस डीजल इन्जिन चाँडो नै बन्द गर्ने जनाएको छ। कम्पनीले नयाँ ल्याउन थालेको पेट्रोल इन्जिनवाला स्विफ्टका केही विशेषताहरु यस्ता छन्।

मारुती स्विफ्ट फेसलिफ्टमा बीएससिक्स कम्पलायन्ट १.२ लिटर डियुुलजेट पेट्रोल इन्जिन उपलब्ध हुुनेछ। जुुन भर्खरै लन्च भएको डिजाएर फेसलिफ्टमा पनि उपलब्ध रहेको थियो। यो इन्जिनले ९०पीएस पावर र ११३ एनएम टार्क जेनेरेट गर्दछ। 

मौजुुदा मोडलमा रहेको के१२बी पेट्रोल इन्जिनभन्दा यसको पावर ७ पीएस धेरै रहेको छ। डिजायरमा जस्तै यसमा पनि स्टार्ट स्टप टेक्नोलोजी रहनेछ, जसले गर्दा कारको माइलेज पनि बढ्नेछ। 

मारुती डिजायरमा दिइएको १.२ लिटर ड्युुल जेट इन्जिनको माइलेज म्यानुुयल गियरबक्सका साथमा २३.२६ किलोमिटर र अटोमेटिक गियर सिफ्टका साथमा २४.१२ लिटर प्रति लिटर रहेको छ। स्विफ्ट फेसलिफ्टले पनि यति नै माइलेज दिनेछ। अहिले चाहिँ स्विफ्टको १.२ लिटर के१२बी पेट्रोल इन्जिनको माइलेज २१.२१ किलोमिटर प्रति लिटर रहेको छ। 

मारुतीले नयाँ इन्जिनको अलावा स्विफ्ट फेसलिफ्टमा केही कस्मेटिक अपडेट गर्नेछ। जसमा नयाँ ग्रिल, नयाँ बम्पर र रिडिजाइन्ड टेललाइट समावेश हुुनेछ। क्याबिनमा नयाँ डिजाइनको अपहोस्ट्री, अपडेटेड इन्टुमेन्ट कन्सोल र नयाँ ७ इन्च स्मार्टप्ले स्टुुडियो इन्फोटेनमेन्ट सिस्टम पनि उपलब्ध रहने छ। 

ड्युुलजेट पेट्रोल इन्जिनका साथमा मारुती स्विफट अपडेटेड मोडल अब आउने केही महिनामा भारतीय बजारमा लन्च हुुनेछ। यसको मूल्य मौजुुदा मोडलभन्दा ६–२० हजार भारतीय रुपैयाँ महँगो हुुन सक्नेछ। अहिले स्विफ्टको सुुरुआती मूल्य ५.१९ लाख भारतीय रुपैयाँ रहेको छ। – एजेन्सी