काठमाण्डौ । मारुती सुजुकी इन्डियाले बुधबार आफ्नो प्रिमियम ह्याचब्याक कार स्विफ्टको नयाँ संस्करण बजारमा उतारेको छ।
दिल्लीस्थित एक्स–शोरुममा यो ह्याचब्याक कारको मूल्य भारु ५.७३ लाख रुपैयाँदेखि भारु ८.४१ लाख रुपैयाँसम्म तोकिएको छ। कम्पनीले नयाँ स्विफ्ट ग्राहकको चाहना तथा नयाँ प्रोद्योगिकी आवश्यकताअनुरुप तयार गरिएको छ।
कम्पनीको मार्केटिङ विभागका कार्यकारी निर्देशक शशांक श्रीवास्तवका अनुसार सन् २००५ मा बजारमा उतारेपछि स्विफ्टले भारतीय प्रिमियम ह्याचब्याक बजारमा क्रान्ति नै ल्याएको छ। यस अवधिमा स्विफ्टले आफ्नो उत्कृष्ट प्रदर्शन र सडकमा सफल उपस्थितका आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको श्रीवास्तवको दाबी छ। हालसम्म स्विफ्टले २४ लाख ग्राहकको मन जित्न सफलको उनको भनाइ छ।
नयाँ स्विफ्ट अझै धेरै शक्तिशाली इन्जिन रहेको कम्पनीले दाबी गरेको छ। इन्धन क्षमतालाई अझै उत्कृष्ट बनाइएको छ र सुरक्षा फिचर्सहरु पनि बढाइएको कम्पनीले जनाएको छ।
यो कारमा म्यानुअल र अटोमेटिक गिर बदल्ने सुविधा दिइएको छ। म्यानुअल गियर सुविधा भएको नयाँ स्विफ्टको मूल्य भारु ५.७३ लाखदेखि भारु ७.९१ लाखसम्म तोकिएको छ। जब कि अटोमटिक गियर सिफ्ट संस्करणको मूल्य भारु ६.६८ लाखदेखि भारु ८.४१ लाखसम्म कायम गरिएको छ।
नयाँ स्विफ्टमा १.२ लिटर पेट्रोल इन्जिनलाई अपग्रेड गरिएको छ। पहिले यो इन्जिन ८३पीएस पावर र ११३एनएम टार्क जेनरेट गर्न सक्थ्यो । अहिले अपग्रेड गरेर ९० पीएस पावर जेनरेट गर्ने बनाइएको छ।
यो कारमा अटो स्टार्ट अप सुविधा पनि देखिएको छ। यो सुविधाले कारको माइलेज ३ किलोमिटर प्रतिलिटरसम्म बढ्छ। स्विफेटको यो नयाँ भर्जनमा बम्परलाई सार्प राखिएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19