काठमाण्डौ । भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले नयाँ वर्ष २०२० को सुरुआतसँगै आफ्नो सबै मोडलका कारको मूल्य बढाउने भएको छ ।
कम्पनीले इनपुट लागत बढेका कारण कारहरुको मूल्य पनि बढाउने निर्णय लिनुपरेको स्पष्ट पारेको छ ।
मारुती सुजुकीले गत सेप्टेम्बर २५ आफ्ना केही मोडल अल्टो ८००, अल्टो के१०, स्विफ्ट, सेलेरियो, बलेनो डिजेल, इग्निस, डिजायर डिजेल, बिटारा ब्रेजाको मूल्यमा भारु ५ हजार कम गरेको थियो । त्यतिखेर भारतको केन्द्रीय सरकारले कर्पोरेट ट्याक्समा कटौती गरेर गाडी निर्माता कम्पनीहरुलाई राहात दिएका कारण मारुतीले पनि आफ्ना केही मोडेलका कारको मूल्य घटाएको थियो ।
त्यसो त मारुती सुजुकीको मूल्य कटौतीको फाइदा अक्टोबरको फेस्टिभल सिजनमा भएको बिक्रीबाट देखियो । अक्टोबर महिनामा अन्य कम्पनीको तुलनामा यो कम्पनीका गाडीहरुको बिक्रीले रेकर्ड कायम गरेको थियो । तर यो रेकर्ड महिना दिन नबित्दै खस्किन थाल्यो र नोभेम्बरदेखि आएर गाडी बिक्रीमा गिरावट आउन थाल्यो । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago