काठमाण्डौ। विश्वभर सेयरबजारमा चलिरहेको उथलपुथलका कारण धनाढ्यको सूचीमा पनि निकै फेरबदल भइरहेको छ।

सेयरमै आएको उछालका कारण इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका कोफाउन्डर तथा सीईओ एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन्। सोमबार उनको नेटवर्थ ११५ बिलियन डलर पुगेको छ। 

एलन मस्कले फेसबुकका कोफाउन्डर मार्क जुकरबर्गलाई पछि पार्दै तेस्रो स्थानमा कब्जा जमाउन सफल भएका हुन्। मार्क जनकरबवर्ग नेटवर्थ १११ बिलियन डलरका साथ चौथो स्थानमा छन्। 

सन् २०२० मा एलन मस्कका लागि निकै भाग्यशाली वर्ष साबित भयो। ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार यो वर्ष अहिलेसम्म उलन मस्कको नेठवर्थमा ८७.८ बिलियन डलरको बढोत्तरी भएको छ। सन् २०२० मा अहिलेसम्म टेस्लाको सेयरमा करिब ५०० प्रतिशतको उछाल आइसकेको छ। यसका अलावा ठूलो स्यालरी प्याकेजबाट पनि मस्कलाई फाइदा भएको छ। यदि टेस्लाले यो वर्ष सबै लक्ष्य पूरा गर्यो भने मस्कलले ५० बिलियन डलर स्यालरी पाउनेछन्। 

टेस्लाका सीईओ एलन मस्क गत सातामात्र सेन्टिबिलेयर (११० करोड डलर) क्लबमा समावेश भएका थिउ। यो क्लबमा समावेश हुने मस्क विश्वका चौथा व्यक्ति हुन्। मस्कभन्दा अघि सेन्टिबिलेनियर क्लबमा केवल मार्क जुकरबर्ग, जेफ बेजोस र माइक्रोसफ्टका कोफाउन्डर बिल गेट्स समावेश भएका थिए। 

सेयरहरुमा आइरहेको तीव्र बढोत्तरीका कारण टेस्लाको मार्केट भ्याल्यू ४६४ बिलियन डलर पुगेको छ। यसले दिग्गज रिटेल समूह वालमार्ट इंकलाई पनि पछि पारेको छ। 

धनाढ्यको सूचीको पहिलो स्थानमा ई–कमर्स कम्पनी अमेजनका फाउन्डर जेफ बेजोस पहिलो स्थानमा छन्। उनको नेटवर्थ २०२ बिलियन डलर रहेको छ।

यसैगरी दोस्रो स्थानमा १२५ बिलियन डलर नेटवर्थका साथ बिल गेट्स रहेका छन्। 

यो सूचीको पाँचौँ स्थानमा बर्नार्ड अर्नाल्ट, छैटौँ स्थानमा वारेन बफेट, सातौँ स्थानमा स्टिभ बाल्मर, आठौँ स्थानमा मुकेश अम्बानी, नवौँ स्थानमा ल्यारी पेज र दसौँ स्थानमा सर्जे ब्रिन रहेका छन्। 

म्याकेन्जी सबैभन्दा धनी महिला

ई–कमर्स कम्पनी अमेजनका फाउन्डर जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कट विश्वकै सबैभन्दा धनी महिला महिला बन्न सफल भएकी छन्। ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार म्याकेन्जीको नेटवर्थ ६६.४ बिलियन पुगेको छ। ५० वर्षीया स्कटको अमेजन डट कममा ४ प्रतिशत हिस्सा रहेको छ। स्कटलाई यो हिस्सा सम्बन्ध बिच्छेद गरेपछि जेफ बेजोसबाट प्राप्त भएको हो।