 
                     
                                
                             
                                    काठमाण्डौ । कोरोना महामारीका कारण गत मार्च २७ देखि बन्द रहेको माल्दिभ्स विदेशी पर्यटकका लागि पुुनः खुुला गरिएको छ।
विश्वका अन्य देशले विदेशी पर्यटकका लागि कडा कदमहरु उठाइरहेका बेला माल्दिभ्सले यसै साताबाट विदेशी यात्रुहरुका लागि परीक्षण गर्न नपर्ने र क्वारेनटिनमा पनि बस्नु नपर्ने व्यवस्थासहित आगमन खुला गरेको हो। माल्दिभ्स प्रवेश गर्ने विदेशी पर्यटकको विमानस्थलमा सामान्य स्वास्थ्य जाँचमात्रै गरिनेछ।
यसका अलावा एउटा अर्काे नियम पनि बनाइएको छ। उक्त नियमअनुुसार दक्षिण एसियाली देशहरुको भ्रमण गर्दा सम्पूर्ण बसाइ एउटै रिसोर्टमा गर्नुुपर्नेछ।
माल्दिभ्सका पर्यटकमन्त्री अली वाहिदले कोरोना महामारीको प्रभावलाई सन् २००४ को सुुनामी र सन् २००८ को विश्व आर्थिक संकटभन्दा पनि भयावहका रुपमा व्याख्या गरेका छन्। करिब ५ लाख जनसंख्या भएको माल्दिभ्समा २ हजार ७०० भन्दा बढीलाई कोरोना पुुष्टि भएको छ।
माल्दिभ्स सरकारले यसअघि विदेशी पर्यटकले भिसा शुुल्कस्वरुप १०० डलर र विमानस्थलमा गरिने कोरोना परीक्षणका लागि थप १०० डलर तिर्नुु र न्यूनतम बसाइ १४ रातको हुुनुुपर्ने पर्ने घोषणा गरेको थियो। तर अहिले यी सबै मापदण्ड हटाइएका छन्।
हवाई कम्पनीहरु इमिरेट्स, इथिहाड एयरवेज र कतार एयरवेजले माल्दिभ्समा आफ्नो सेवा पुुनः सुुचारु गर्दैछन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19