काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार मिड सोलु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ।
यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेञ्ज पाएको छ । यो कम्पनीले कारोबारका लागि एमएसएचएल सिम्बोल पाएको छ । यो कम्पनीको कुल ७४ लाख ८४ हजार ६४७ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।
यो कम्पनीको सेयर कारोबार दोश्रो बजारमा बिहीबारदेखि हुनेछ ।शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंबाट हुने पनि जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19