काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ नगद लाभांश वितरणको घोषणा गरेको छ । 

भदौ २४ गते बसेको कम्पनीको बोर्ड बैठकले सेयर र नगद लाभांश वितरणको घोषणा गरेको हो । 

संचालक समितिको यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट स्वीकृत हुनुपर्नेछ । 

मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ मा खुद मुनाफा ५० दशमलव ५३ प्रतिशत वृद्धि गरी ९ करोड ७२ लाख रुपैयाँ कमाउन सफल भएको थियो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ६ करोड ४५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२१ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजीको बैंकले १४ करोड रुपैयाँ जगेडाकोषमा राखेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ४६ दशमलव ०२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ७१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६६ दशमलव ३० रुपैयाँ, तरलता अनुपात २८ दशमलव ८६ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १५ दशमलव ७१ प्रतिशत रहेको छ ।