काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष खूद नाफा ३१.४० प्रतिशतले बढाएको हो । 

अघिल्लो वर्ष ३ करोड ९७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ५ करोड २१ लाख रुपैयाँ पुुगेको हो । यो बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ६ करोड ८४ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी ८ करोड ८८ लाखको उचाईमा पुुगेको हो । 

दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी ३७ करोड ४३ लाख र जगेडा कोषमा १२ करोड ५६ लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकले २ अर्ब ३८ करोड निक्षेप संकलन गरी २ अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ९० करोड निक्षेप संकलन गरी १ अर्ब ७० करोड कर्जा परिचालन गरेको थियो । 

हालै यो बैंकले ३० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद वितरण गरेको छ । नेपाल राष्टबैंकको निर्देशन अनुसार ०७४ को असार मसान्तभित्रमा तीन जिल्ले यो बैंकले चुक्तापूँजी ५० करोड पुर्याउनुपर्नेछ । 

यो अवधिमा बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २७.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.७५ गुणा कायम भएको छ ।